जेनजी आन्दोलनका आरोपीलाई कारबाही गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : अध्यक्ष साह
सारांश
- कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले एमाले अध्यक्ष ओलीलाई युवालाई उक्साउने काम नगर्न चेतावनी दिएका छन्।
- उनले जेनजी आन्दोलनका आरोपीलाई कारबाही गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
- कमन जेनजी नेपालले सरकार विघटन गरी जेनजी नेतृत्वमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग गरेको छ।
काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जेनजी युवालाई उक्साउने काम नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। साथै जेनजी आन्दोलनका आरोपीलाई कारबाही गर्न नसके प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा साहले विभाजित समूहमा रहेका जेनजी युवालाई एकजुट हुन आग्रह गर्दै सरकार जनअपेक्षा अनुसार संवेदनशील नभएको आरोप लगाए।
उनले अदालतमा उभ्याउनुपर्ने भनिएका तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही नहुँदा आन्दोलनकारीमाथिको दमन र गिरफ्तार बढेको दाबी गरे।
सो क्रममा नेसन फर्स्ट र जेनजी नेपालका विभिन्न पदाधिकारीहरूले पनि जेनजी युवामाथिको दमन रोक्न, हत्या र विध्वंसका दोषीमाथि कारबाही गर्न, घाइतेको उपचार सुनिश्चित गर्न र आन्दोलनका शहीद परिवारलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरे।
कमन जेनजी नेपालले सुशीला कार्की सरकार विघटन गरी जेनजी नेतृत्वमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने, अन्तरिम संविधान घोषणा गर्नुपर्ने तथा आन्दोलनकारीमाथिको धरपकड तत्काल रोक्नुपर्ने मागसमेत अघि सारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण