बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनपीएलः सुदूरपश्चिम शीर्षस्थानमा उक्लियो

शुक्रबार, ०५ मङ्सिर २०८२, २० : ५२
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • सुदूरपश्चिम रोयल्सले एनपिएलमा पोखरा एभेन्जर्सलाई हराएर दोस्रो जित निकाल्यो।
  • सुदूरपश्चिमले १९४ रनको लक्ष्य दिएकोमा पोखराले १७५ रन मात्र बनाउन सक्यो।
  • खेलमा जोश ब्राउनले ६८ रन बनाए भने बलिङमा हर्मित सिंहले २ विकेट लिए।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेसँगै चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । यस्तै शुक्रबार पोखरा एभेन्जर्सलाई पनि १८ रनले गराएको हो ।

योसँगै पोखरा भने दोस्रो खेलमा पनि पराजित भयो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो ।

आज सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा आठ विकेट गुमाउँदै १७५ रनमा समेटियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले तर जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७, ड्यान डाउथवैट ३७ रनको योगदान दिए ।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले दुई, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक–एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ६८ रनको योगदान दिए । विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे ।

पोखराका लागि निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले समान दुई–दुई विकेट लिए । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप