नेपालगन्जमा ‘इ–लाइब्रेरी’ बन्दै
सारांश
- महेन्द्र पुस्तकालयलाई ई-लाइब्रेरी बनाइने भएको छ, जसका लागि ६ लाख रुपैयाँ आवश्यक छ।
- लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीले आगामी वर्षदेखि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
- पुस्तकालयको १८ औँ अधिवेशनले बलराम यादवलाई पुनः अध्यक्षमा चयन गरेको छ।
नेपालगन्ज । यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ–लाइब्रेरी’का रूपमा रूपान्तरण हुने भएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताए ।
अध्यक्ष यादवले प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गरे । हाल पुस्तकालयमा तीन वटा कम्प्युटर छन् । इ–लाइब्रेरी सञ्चालनका लागि रु ६ लाख आवश्यक भएको समेत उनले बताए ।
यसैबिच, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री आदेशकुमार अग्रवालले आगामी वर्षदेखि पुस्तकालयलाई उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि पुस्तकालयलाई नियमित रूपमा सहयोग गरिने बताएका छन् ।
शुक्रबार भएको पुस्तकालयको १८ औँ अधिवेशनले यादवलाई पुनः अध्यक्ष चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा पङ्कज श्रेष्ठ र कोषाध्यक्ष अजयकुमार टण्डन पनि पुनः निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण