बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अशोक र राजेन्द्रबिच हुने भनिएको एकता कता हरायो ?

शनिबार, ०६ मङ्सिर २०८२, १७ : ३३
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • राष्ट्रिय मुक्ति पार्टी नेपाल र जसपाबीचको एकता प्रयास असफल भएको छ, कार्यगत एकता भए पनि कुनै सहकार्य भएन।
  • जसपाका राजेन्द्र श्रेष्ठ नेकपासँग एकताको लागि गृहकार्य गरिरहेका छन् भने अशोक राई चुपचाप छन्, जसले पार्टी विभाजनको संकेत गर्छ।
  • एकताका लागि महतोले पठाएको पत्रको जसपाले कुनै प्रतिक्रिया दिएको छैन, जसले गर्दा एकताको सम्भावना टाढिएको छ।

काठमाडौँ । गत साउनमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता गर्ने कसरत भएको थियो । 

कार्यगत एकता भएको पाँच महिना भइसक्यो, तर हालसम्म दुई पार्टीबिच कुनै कुरामा सहकार्य भएको छैन । दुवै दल एक ठाउँमा बसेर कुनै साझा मुद्दामा छलफल त के एउटा संयुक्त विज्ञप्ति पनि जारी गरिएको छैन । अब त एकता हुने सम्भावना लगभग टरेको छ । जसपाका राजेन्द्र श्रेष्ठ पक्ष नेपाली कम्युनिस्ट पार्टीसँग एकताका लागि गृहकार्यमा लागेको छ भने राई चुपचाप छन् । 

सोही पार्टीमा रहेका अन्य मधेसी नेताहरू सम्भवतः कुनै मधेसकेन्द्रित दलसँग एकता गर्ने वा सहकार्यको पक्षमा छन् । तर त्यसमा राष्ट्रिय मुक्ति पार्टी नेपालप्रति खासै झुकाव देखिएको छैन । श्रेष्ठ एकताका लागि नेकपासँग छलफल गरिरहेका छन् तर राई पक्ष एकताको पक्षमा नेदिखिँदा पार्टी नै विभाजन पनि हुने देखिएको छ । 

नेकपासँग एकताका लागि गृहकार्य गरिरहेको जसपालाई महतोले कात्तिक १० गते पत्र पठाएका थिए । उक्त पत्रमा जसपाले छलफल गरे पनि राजेन्द्र महतोलाई कुनै जवाफ पठाएको छैन । 

कार्यगत एकतापछि अनुकुल मिलाएर २०८४ अघि एकता घोषणा गर्ने तयारी दुवै पार्टीको भए पनि भदौ २३ र २४ गतेको आन्दोलनले त्यसमा असर पारेको छ । फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुने भएपछि ‘एकता गरिहालौँ’ भन्ने प्रस्ताव महतोको छ । 

महतोको राष्ट्रिय मुक्ति पार्टीको प्रस्तावअनुसार कात्तिकभित्रै एकता टुंगोमा पुर्‍याउनुपथ्र्यो । तर दुवै पार्टीबिच कार्यगत एकता भए पनि महतोको पत्रमा जसपाले कुनै प्रतिक्रिया दिएन । 

राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहताका अनुसार कार्यगत एकता घोषणा भएको एक महिनापछि जेनजी आन्दोलन भएको र त्यसपछि यसबारे कुनै कसरत भएको छैन । ‘तर हामी संवाद छौँ,’ उनले भने ।  

कार्यगत एकता घोषणापछिसंयुक्त रूपमा काम गर्न सात–सात जना सदस्य राखेर १४ सदस्यीय सचिवालय पनि गठन पनि भएको थियो । तर परस्थितिका कारण संयुक्त रूपमा काम अगाडि बढ्न नसकेको महासचिवन मेहता बताउँछन् । पछिल्लो समय जसपा नेकपासँग एकताका लागि छलफल भइरहेकाले महतोसँगको संवाद रोकिएको उनले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप