नवयुवाका लागि एनपीएल प्रभावकारी मञ्च हो – कोच गौचन
सारांश
- शक्ति गौचनले एनपिएल युवा खेलाडीका लागि प्रतिभा देखाउने मञ्च भएको बताए।
- गौचनले फ्लडलाइटले नेपाली खेलाडीलाई विदेशमा खेल्न सहज हुने बताए।
- पहिलो शतक बनाउने मार्क वाटले दर्शकको प्रशंसा गरे।
काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपीएल नवयुवाका लागि प्रतिभा उजागर गर्ने प्रभावकारी मञ्चका रूपमा रहेको बताएका छन् ।
कर्णाली याक्ससँग पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौचनले एनपिएल युवा खेलाडीहरूका लागि प्रतिभा देखाउने र क्रिकेटका बारेमा सिक्ने महत्त्वपूर्ण माध्यम बनेको बताए । उनले भने, 'नयाँ युवाहरूले खेलमार्फत आफ्नो परिचय दिने तथा क्षमता देखाउने प्रभावकारी मञ्चका रूपमा एनपीएललाई देख्छु । एनपीएलमा राम्रो गर्ने खेलाडी पक्कै पनि नेपालका लागि प्रतिनिधित्व गर्नेमा हुनेछन् ।'
कोच गौचनले फ्लडलाइट नेपाली खेलाडीलाई विदेशमा गएर पनि सहज हुने धारणा राखे । भने, 'यसअघि नेपालमा फ्लडलाइट नहुँदा नेपाली खेलाडीलाई विदेशमा गएर खेल्न समस्या हुने गरेको थियो । अब कीर्तिपुर रङ्गशालामा फ्लडलाइटमा खेलेर विदेशमा खेल्दा असहज हुने छैन ।'
यसैबिच जारी प्रतियोगितामा पहिलो शतक हिर्काउने कर्णाली याक्सका मार्क वाटले नेपाली दर्शकको मायाप्रति खुसी जनाए । उनले भने, 'नेपाली दर्शकको उपस्थिति निकै उत्साहजनक छ । यति धेरै दर्शकमाझ पहिलो शतक बनाउनु विशेष क्षण बन्यो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण