राजनीति
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
आइतबार, ०७ मङ्सिर २०८२, ०७ : ४८
सारांश
- बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारको समूहले पार्टी एकता गर्ने भएका छन्।
- काठमाडौँको राष्ट्रिय सभागृहमा हुने एकता घोषणासभाको तयारी पूरा भएको छ, जसमा अन्य समूहलाई पनि सहभागी गराइनेछ।
- यसअघि नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच कार्तिक २८ गते एकता सहमति भएको थियो।
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतले आज पार्टी एकता गर्ने भएका छन् ।
वृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी पूरा भएको नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए । राष्ट्रिय सभागृह काठमाडौँ हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।
नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ ।
नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण