युवराज सङ्ग्रौलाले हिरासतमै भेटे दुर्गा प्रसाईँलाई
सारांश
- युवाराज सङ्ग्रौलाले दुर्गा प्रसाईँलाई शनिवार प्रहरी हिरासतमा भेटेका थिए।
- प्रसाईँ र सरकारबीच १० बुँदे सहमति भएपछि उनको समूहले आन्दोलन फिर्ता लियो।
- प्रहरीले प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५ दिन म्याद थप गरी थुनामा राखेको छ।
काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता तथा काठमाडौँ स्कुल अफ ल (केएसएल)का संस्थापक एवं प्रबन्ध निर्देशक युवाराज सङ्ग्रौलाले दुर्गा प्रसाईँलाई भेटेका छन् । शनिवार भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा पुगेर सङ्ग्रौलाले उनीसँग भेट गरेका हुन् ।
राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँसँग सङ्ग्रौलाले नातेदारको हिसाबले भेटघाट गरेको प्रहरी अधिकृतहरू बताउँछन् । शनिवार साँझ प्रसाईँको समूह र सरकारको बिचमा १० बुँदे सहमति भएसँगै सो समूहले आफ्नो आन्दोलन र बन्दको कार्यक्रम फिर्ता लिएको थियो ।
प्रहरीले आज प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराउँदै छ । बन्दी प्रत्यक्षीकरण रिटमा अदालतको आदेश अनुसार प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराउन लागिएको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
प्रहरीले प्रसाईंबिरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा दोस्रोपटक ५ दिनको म्याद लिएर थुनामा राखेको छ । उनी मङ्सिर २ मा बिहान पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण