बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हुम्लाका तीन स्थानीय तहमा चिकित्सकीय सेवा

आइतबार, ०७ मङ्सिर २०८२, १० : ०६
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • कर्णाली प्रदेश सरकारले हुम्लाका तीन स्थानीय तहमा चिकित्सक पठाएको छ।
  • खार्पुनाथ, सर्केगाड र अदानचुलीमा डाक्टरहरूले सेवा दिनेछन्।
  • स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ।

हुम्ला । कर्णाली प्रदेश सरकारले दुर्गम हिमाली जिल्ला हुम्लाका तीन स्थानीय तहमा चिकित्सकको व्यवस्था गरेको छ । यहाँका स्थानीय तहबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिकित्सक खटाइएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकामा चिकित्सा जनशक्तिको व्यवस्था गरेको बताए ।

खार्पुनाथ गाउँपालिकामा डा डिजेल यादव, सर्केगाडमा डा ईश्वरी पौडेल र अदानचुलीमा डा गणेश जैसीले सेवा प्रदान गर्नेछन् ।

यहाँका स्थानीय तहमा चिकित्सकको अभाव भइरहेकाले प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने लक्ष्यअनुसार यो पहल अघि बढाएको हो ।

यसबाट गाउँपालिका तहमा आधारभूत स्वास्थ्य सेवा सुदृढ हुने अपेक्षा गरिएको छ । गाउँमै चिकित्सक पाउँदा यहाँका नागरिक पनि उत्साहित भएका छन् । सामान्य रोगका लागि लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास यहाँका नागरिकको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप