महेश बस्नेतमाथि जेनजीले रङ फाल्दा रामकुमारी झाँक्री आक्रोशित
आइतबार, ०७ मङ्सिर २०८२, १२ : ४३
सारांश
- एमाले नेतृ रामकुमारी झाँक्रीले महेश बस्नेतमाथि रङ प्रहार भएकोमा दुःख व्यक्त गरिन्।
- उनले आक्रमणकारीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्।
- झाँक्रीले आपराधिक मानसिकता भएका व्यक्तिहरूबाट सचेत रहन आग्रह गरिन्।
काठमाडौँ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले महेश बस्नेतमाथि रङ प्रहार भएकोमा दुःख व्यक्त गरेकी छिन् । आक्रमणकारी माथि कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरेकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्– 'महाभारतमा पाण्डवले युद्ध जिते, कौरवहरूले हारे, कारण: पाण्डवहरूको अभूतपूर्व एकता हो। आज विराटनगरमा क. महेश बस्नेतमाथि आक्रमण प्रयास भएछ। यो खबर सुनेर अत्यन्तै दुःख लाग्यो। '
आपराधिक मानसिकताका भएका एकाध व्यक्तिले जहिले पनि आक्रमण गर्न सक्ने भन्दै उनले सचेत भएर एउटै मिसनमा लाग्न उनले आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण