जनमतका दुई प्रदेश इन्चार्ज नाउपा नेपाल प्रवेश
काठमाडौँ । जनमत पार्टीका कोशी प्रदेश इन्चार्ज बुद्धि न्योपाने र सुदूरपश्चिम प्रदेशका इन्चार्ज प्रेम चौधरी नागरिक उन्मुक्ति पार्टी नेपाल प्रवेश गरेका छन् ।
सिनामंगलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठक चलिरहँदा उनीहरूलाई पार्टी प्रवेश गराइएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँले बताए । उनीहरूको साथमा जनमत पार्टीका प्रदेश, जिल्लास्तरीय अन्य नेताहरू पनि आएका खाँले जानकारी दिए । पार्टीको बैठकले संगठन विस्तारमा जोड दिएको उनको भनाइ छ ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन् । सोही पार्टीको दुई दिनदेखि प्रशिक्षण तथा बैठक चलिरहेको छ । बैठक आज सम्पन्न हुने उनले बताए ।
खासगरी यो बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गरेको छ । समानुपातिक सूचीदेखि अन्य प्रत्यक्ष उम्मेदवार चयनको विषयमा पनि छलफल भएको उनले जानकारी दिए । पार्टीले जिल्ला, प्रदेशमा कार्यालय स्थापनाका साथै संगठन विस्तार तथा निर्माण जोड दिने छलफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण