बुद्ध दर्शनदेखि क्वान्टमको सिद्धान्तसम्म प्रलोपाको मार्गदर्शक सिद्धान्त
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले बुद्ध दर्शन र क्वान्टम सिद्धान्तलाई अँगाल्ने भएको छ।
- प्रलोपाको राजनीतिक प्रतिबद्धताले समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित नेपाली समाजवादको वकालत गरेको छ।
- पार्टीले प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने र विविधतामा आधारित प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार मिलेर आइतबार घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले बुद्ध दर्शनदेखि क्वान्टमको सिद्धान्तसम्म समेटेर आफ्नो मार्गदर्शक सिद्धान्त अँगाल्ने भएको छ ।
प्रलोपाले सार्वजनिक गरेको संक्षिप्त राजनीतिक प्रतिबद्धतामा मार्गदर्शक सिद्धान्तबारे खुलाइएको छ । जसमा भौतिक जगतले मानिसको चेतनालाई प्रभावित गर्ने र मान्छेको चेतनाले भौतिक जगतलाई बुझ्ने र बदल्ने भएकाले दर्शन, विचार, सिद्धान्तलाई निरन्तर पुनर्परिभाषित, पुनर्सश्लेषण, समृद्धिकरण गर्दै जानपर्नेमा जोड दिइएको छ । ‘एक्काइसौँ शताब्दीका समस्या वा अन्तर्विरोधलाई अठारौँ वा उन्नाइसौँ बिसौँ शताब्दीका विचार(विधि)ले हल गर्न खोज्नु एवम् त्यसले समाधान नदिएपछि अझै मध्ययुगीन वा प्राचीन अप्रमाणित विचारतिर फर्कन र फर्काउन खोज्नु वर्तमान विश्व राजनीतिको सबभन्दा ठुलो कमजोरी रहेको सार्वजनिक राजनीतिक प्रतिविद्धतामा जनाइएको छ ।
नगगठित प्रलोपाको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने उल्लेख छ ।
‘बुद्ध दर्शनलाई आत्मसात् गर्दै मार्क्सको समयको पहिलो औद्योगिक क्रान्तिकालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादभन्दा अघि बढेको अहिलेको चौथो र पाँचौँ औद्योगिक क्रान्ति कालसम्मको सापेक्षता र क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम बौद्धिकता लगायतका ज्ञानविज्ञानले परिष्कृत मार्क्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित विकसित विज्ञानमा आधारित समाज विकासको नवीनतम् सिद्धान्त अनुरूपको नेपाली समाजवाद पार्टीको मार्ग निर्देशक सिद्धान्त र दार्शनिक आधार हुने छ’, सो पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्तबारे भनेको छ । कम्युनिस्ट राजनीतिमा क्वान्टमको सिद्धान्त भन्नाले ‘साना तर गहिरा परिवर्तनले ठुलो राजनीतिक रूपान्तरण जन्माउँछ’ भन्ने अर्थ हुन्छ ।
त्यस्तै पार्टीले सङ्गठनात्मक सिद्धान्तका रूपमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने जनाएको छ । ‘प्रगतिशील लोकतान्त्रिक पार्टीका सबै कमिटी स्वायत्त हुनेछन् । आफ्नो नेता वा प्रतिनिधि छान्ने, उम्मेदवार छनौट गर्ने आदि सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई नै हुने छ’, सङ्गठनात्मक सिद्धान्तबारे राजनीतिक प्रतिविद्धतामा भनिएको छ । विविधतामा आधारित नेपाली समाजको बनोटलाई ध्यानमा राख्दै जनसङ्ख्या र भूगोलका आधारमा प्रतिनिधित्व र सहभागिता (जातजाति, धर्म, क्षेत्र, लिङ्ग र उमेर समूह) सुनिश्चित गर्ने प्रतिबद्धता सो पार्टीले जनाएको छ ।
‘विधि प्रधानता, सामूहिक निर्णय, सामूहिक र समानुपातिक नेतृत्व प्रणाली र व्यक्तिगत जबाफदेहिता अनिवार्य हुनेछ’, पार्टी घोषणा कार्यक्रममा सार्वजनिक दस्ताबेजमा भनिएको छ, ‘प्रत्यक्ष निर्वाचन, आन्तरिक लोकतन्त्र, एक व्यक्ति एक कार्यकारी पद र एक व्यक्ति दुई कार्यकाल, फिर्ता बोलाउने (राइट टू रिकल) व्यवस्था, स्वैच्छिक अनुशासन र वैज्ञानिक संस्कार, पर्यावरणमैत्री पार्टी संगठन, कार्यगत एकता र संयुक्त मोर्चा इत्यादि अवधारणा कार्यान्वयन गरिनेछ ।’ प्रगतिशील लोकतान्त्रिक पार्टीका संगठन स्वमसेवक र अभियन्ता स्वयमसेवी हुने समेत उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण