निर्माण व्यवसायीले काम नगर्दा राज्यले ठुलो नोक्सानी बेहोरिरहेको छ : मन्त्री घिसिङ
सारांश
- मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायी र कर्मचारीको लापरबाहीले राज्यलाई नोक्सानी भइरहेको बताए।
- उनले पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षताको कमी र समयमै निर्णय नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिएको बताए।
- घिसिङले समयमै आयोजना सम्पन्न नहुँदा रोजगारी, उत्पादन र कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्न नसकेको बताए।
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्मेवारीको निर्णय समयमै नगरिदिँदा राज्यले ठुलो नोक्सानी बेहोर्नुपरेको बताएका छन् ।
नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता देखाउन नसक्दा र समयमै निर्णय नगर्दा आयोजना कार्यान्वयनमा जटिलता देखिएको बताए ।
आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट प्राप्त रोजगारी सिर्जना, उत्पादकत्व, कुल ग्राहस्थ उत्पादनमा योगदानजस्ता लाभ प्राप्त हुन नसकेको घिसिङले उल्लेख गरे ।
‘धेरै आयोजनामा काम नहुने निर्माण व्यवसायीका कारणले मात्र नभएर आयोजनाका तर्फबाट गर्नुपर्ने निर्णय समयमै नहुँदा पनि समस्या देखिएको छ, निर्णय नै गर्न नखोज्ने र गर्नैपरे पनि डराउने प्रवृत्ति देखिएको छ, इन्जिनियर कमजोर बन्दा ठेक्का सम्झौता प्रभावित हुने देखिएको छ, ठेक्का व्यवस्थापन र नेतृत्वमा रहेकाले कानुनी रूपमा पुष्टि हुने गरी शीघ्र निर्णय गर्नुपर्दछ’, घिसिङले भने।
उनले इन्जिनियरहरु आफ्नो प्राविधिक विषयमा भन्दा पनि विकास आयोजनामा सामाजिक तथा वातावरणीय विषयहरू सम्हाल्न मै बिताउनुपर्ने अवस्था रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण