सिरहामा थपिए ११ हजार ४३७ मतदाता
सारांश
- सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् ।
- निर्वाचन कार्यालय र राष्ट्रिय परिचयपत्रबाट नाम दर्ता भएका हुन् ।
- मतदानका लागि योग्य मतदाताको विवरण छुट्याउन समय लाग्नेछ।
सिरहा । सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् । पछिल्लो पटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा सो सङ्ख्यामा मतदाता थपिएका छन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी समय निर्धारण गरेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख गणपैत यादवका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट नौ हजार १३७ र राष्ट्रिय परिचयपत्रको माध्यमबाट दुई हजार २९० जनाले नाम दर्ता गराएका छन् । यो सहित अब जिल्लामा मतदाताको सङ्ख्या चार लाख ४३ हजार ४० पुग्यो ।
पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुट्याउनलाई भने केही समय लाग्ने निमित्त प्रमुख यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण