बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हमास र हेजबुल्लाहमाथि आक्रमण जारी राख्छाैँ : इजरायली प्रधानमन्त्री

आइतबार, ०७ मङ्सिर २०८२, २० : ३८
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • इजरायली प्रधानमन्त्री नेतान्याहुले हमास र हेजबुल्लाहमाथिको आक्रमण जारी राख्ने बताए।
  • इजरायलले लेबनानमा हिजबुल्लाह र गाजामा हमासलाई रोक्ने बताएको छ।
  • युद्धविराम उल्लङ्घनको आरोप इजरायल र हमासले एक अर्कालाई लगाएका छन्।

काठमाडाैँ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई लेबनानमा पुनः सङ्गठित हुनबाट रोक्न इजरायलले आवश्यक सबै कदम चाल्ने र हमासलाई गाजामा त्यसो गर्नबाट रोक्ने बताएका छन् ।

“गत हप्ता इजरायलले छिमेकी लेबनानमा हेजबुल्लाहको लन्चर र सैन्य स्थलसहित धेरै स्थानमा आक्रमण गरेको छ,” इजरायली सेनाले भन्यो।

गाजाको नागरिक सुरक्षा निकायले भन्यो, “इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु भयो र दर्जनौं घाइते भए।” हमास र इजरायलले अक्टोबर १० देखि सुरु भएको युद्धविराम फेरि उल्लङ्घन गरेको आरोप एक आपसमा लगाए।

“हामी धेरै मोर्चाहरूमा आतङ्कवादविद्धको आक्रमणलाई जारी राख्नेछौँ,” नेतान्याहुले क्याबिनेट बैठकको सुरुमा भने।

“यस सप्ताहन्तमा आईडीएफ (इजरायली सेना) ले लेबनानमा आक्रमण गरेको छ र हामी हिजबुल्लाहलाई आफ्नोबिरूद्ध शक्ति पुनः स्थापित गर्नबाट रोक्न आवश्यक सबै कुरा जारी राख्नेछौँ।

“हामी गाजा पट्टीमा पनि यही गरिरहेका छौँ। युद्धविरामपछि हमासले यसको उल्लङ्घन गर्न छोडेको छैन र हामी तदनुसार कार्य गरिरहेका छौँ।

दुई वर्षको युद्धपछि इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम लागू भएपछिको शनिबार सबैभन्दा घातक दिनहरू मध्ये एक थियो।

इजरायली सेनाले भन्यो, “एक ‘सशस्त्र आतंकवादी’ ले इजरायली सेनाले पछाडि हटेको गाजा पट्टी भित्रको सीमा पार गर्यो र इजरायली सैनिकहरूमाथि गोली चलायो। यो युद्धविराम सम्झौतामा पार नगर्ने सहमति भएको थियो ।

त्यसको जवाफमा सेनाले गाजा पट्टीमा रहेको आतङ्कवादीहको आश्रयस्थलमा आक्रमण गर्न थालेकाे हाे ।

“हमासले ‘हाम्रा सैनिकहरूलाई हानि पुर्याउने प्रयास’ मासीमा रेखाभन्दा बाहिर घुसपैठ गर्न ‘धेरै प्रयासहरू’ गर्‍यो,” नेतान्याहुले आइतबार भने।

उनले भने, “हामीले ठूलो शक्तिका साथ यसलाई विफल पार्यौँ र यसको बदला पनि लियौँ र यसको हमासले धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ।”

प्रधानमन्त्री नेतान्याहुले इजरायललाई गाजा वा लेवनानमा आक्रमणका लागि बाहिरबाट अनुमोदन चाहिन्छ भन्ने कुरा ‘पूर्ण गलत’ भएको बताए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप