सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
सारांश
- नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनीमा संलग्न दुई जनालाई पक्राउ गर्यो ।
- पक्राउ पर्नेमा झापा र ललितपुरका व्यक्तिहरू छन्, जसलाई सार्वजनिक गरिएको छ ।
- प्रहरीका अनुसार उनीहरूमाथि अदालतमा तोडफोड, लुटपाट र आपराधिक कार्यको आरोप छ।
काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वोच्च अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले गत भदौ २४ गते जेनी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौँबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण