बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मलेसियामा ‘जेरी अन टप’ रिलिज हुने

सोमबार, ०८ मङ्सिर २०८२, ०४ : २१
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • चलचित्र 'जेरी अन टप' मलेसियामा प्रदर्शन हुने भएको छ, जसलाई व्यवसायी हरि भट्टराईले खरिद गरेका हुन्।
  • यो फिल्मले नेपालमा १२ करोडभन्दा बढीको व्यापार गरेको छ, र डिसेम्बरको पहिलो हप्तादेखि मलेसियामा प्रदर्शन हुनेछ।
  • अनमोल केसीको मुख्य भूमिका रहेको यो फिल्म अस्ट्रेलिया, अमेरिका, युरोप, र अन्य देशहरूमा पनि प्रदर्शन भइरहेको छ।

काठमाडौँ। नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शनरत चलचित्र ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन तय भएको छ । नेपालमा १२ करोड माथिको व्यापार गरेको चलचित्रको हालै मलेसिया गैरआवासिय नेपाली संघ एसिया प्यासिफिक संयोजक रहेका व्यवसायी हरि भट्टराईले खरिद गरेका हुन् । डिसेम्बर पहिलो साताबाट मलेसियामा ‘जेरी अन टप’ वक्स अफिस रिलिज गर्ने भट्टराईले बताए । ‘मुख्य शहरमा वक्स अफिस रिलिज गर्ने र नेपालीहरूको बाहुल्यता रहेका अन्य ठाउँमा जुन माध्यमबाट सहज हुन्छ त्यही विकल्पमा फिल्म प्रदर्शन गर्ने तयारीमा छौँ, भट्टराइले भने ।

नेपालसँगै अस्ट्रेलिया, अमेरिकामा एकसाथ वक्सअफिस रिलिज भएको यो फिल्म युरोप, मध्यपूर्व लगायतका विभिन्न देशहरूमा प्रदर्शनमा छ भने युके, कोरिया र थाइल्यान्डमा पनि प्रदर्शनको क्रममा छ । स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक बिजनेस गर्न सफल यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागका साथ प्रदर्शन भइरहेको छ ।

अनन्या फिल्मस् को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिसहित निर्माण भएको फिल्ममा सुयोग गुरुङको निर्देशन छ । फिल्ममा अनमोलको साथमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप