कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
सोमबार, ०८ मङ्सिर २०८२, ०८ : ०६
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका अधिकांश भू-भागमा मौसम सफा रहनेछ।
- कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बदली रहने सम्भावना रहेको छ।
- कोशी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
काठमाडौँ । आगामी २४ घण्टा देशका अधिकांश भू-भागमा साधारणतया: मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान ८ बजे जारी गरिएको पूर्वानुमानअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बदली रहने सम्भावना छ।
यस्तै आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने समेत महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति पनि कोशी प्रदेशका पहाडी–हिमाली भू-भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफैँ रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण