मधेसका तीन मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
सोमबार, ०८ मङ्सिर २०८२, १७ : ०२
सारांश
- मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीहरूको कार्य विभाजन गरेका छन्।
- मन्त्री लखनदास तत्मालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र विमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
- मुख्यमन्त्री यादवले बाँकी मन्त्रालय आफैँ राखेका छन्, र विवादका बीच शपथ लिएको आरोप लागेको छ।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीहरूको कार्य विभाजन गरेका छन् ।
मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ९ अनुसार गत कात्तिक २३ गते नियुक्त भएका मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार मन्त्री लखनदास तत्माले ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री र विमला अन्सारीले गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी कञ्चन विच्छाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।बाँकी मन्त्रालय भने मुख्यमन्त्री यादव आफैले राखेका छन् ।
मुख्य मन्त्री यादवले विवादका बिच होटलमा शपथ लिएको भन्दै चर्को आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण