राष्ट्रपतिले कांग्रेस नेताहरूलाई भने– पार्टीको आन्तरिक विवादमा बोल्दिनँ, आफैँ मिलाउनुस्
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले पार्टीको आन्तरिक विवादमा नबोल्ने बताएका छन्।
- कांग्रेस नेताहरूलाई भेट्दै उनले पार्टीभित्रको विवाद आफै मिलाउन आग्रह गरे।
- उनले मुलुक संकटमा रहेको र दलहरू एकजुट हुनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भूमिकाका कारण पार्टीको आन्तरिक विवादमा नबोल्ने बताएका छन् ।
पौडेललाई भेट्न सोमबार शितल निवासमा पुगेका कांग्रेस नेताहरूलाई राष्ट्रपति पौडेलले पार्टीभित्रको विवाद एकताबद्ध भएर आफै मिलाउन आग्रह गरेका हुन् ।
राष्ट्रपतिलाई भेट्न कांग्रेस नेताहरू गुरु घिमिरे, सुभाष पोखरेल, बलदेव तिमल्सिना, रमेश धमला, अमरसिंह पुनसहित पुगेका थिए ।
भेटमा आफूहरूलाई राष्ट्रपतिले भनेको कुरा उद्धृत गर्दै नेता पोखरेलले रातोपाटीसँग भने,'म पार्टी को विवादका विषयमा केही पनि बोल्दिन पार्टीभित्र देखिएको विवाद मिलाउने जिम्मा तपाईँहरूकै हो ।'
राष्ट्रपति पौडेलले अहिले मुलुक सङ्कटमा रहेकाले राजनीतिक दलहरू सङ्गठित भएर सङ्कटको समाधान गर्नतिर लाग्न आग्रह गरे । यसबारे राष्ट्रपतिको भनाइ उद्धृत गर्दै पोखरेलले भने'अहिले मुलुक सङ्कटमा छ। लोकतन्त्रलाई बचाउनु छ । संविधानलाई बचाउनु छ । त्यसैले दलहरू फुटेर होइन एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।'
कांग्रेसका नेताहरूले राष्ट्रपतिलाई पार्टीको पछिल्लो अवस्था र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए। त्यस्तै लोकतन्त्रका लागि जीवनभर लडेकाले संविधान र लोकतन्त्रलाई संस्थागत गर्नका लागि अझ दरो अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
राष्ट्रपतिको सचिवालयले राष्ट्रपति पौडेलले पार्टीभित्रको आन्तरिक विवादबारे राष्ट्रपतिले कुरै नगरेको जानकारी दिएको छ। राष्ट्र प्रमुखले एउटा पार्टी भित्रको आन्तरिक विवादबारे बोल्न नमिल्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण