सांगीतिक भ्रमणका लागि अस्ट्रेलिया लागे यम बराल
काठमाडौं । गायक यम बराल अस्ट्रेलियाको सांगीतिक भ्रमणमा निस्किएका छन् । सोमबार त्यसतर्फ प्रस्थान गरेका यम एक महिनासम्म अस्ट्रेलियामा हुने विभिन्न कार्यक्रममा गुञ्जिनेछन् ।
उनको अस्ट्रेलिया कन्सर्टको सुरुवात २८ नोभेम्बर अर्थात् शुक्रबार सिड्नीबाट सुरु हुनेछ । ‘यम बराल लाइभ इन सिड्नी’ नाममा हुने एकल सांगीतिक साँझ सिड्नीको ग्रान्ड प्यालेसमा हुनेछ ।
उक्त सांगीतिक साँझमा उनलाई प्रीति घिमिरे, महेन्द्र विक, रविन भुसाल र निशा गुरुङले पनि साथ दिनेछन् । उक्त कन्सर्टपछि उनी १४ डिसेम्बरमा सिड्नीकै एभरेस्ट रेस्टुरेन्ट एन्ड इभेन्ट सेन्टरमा आयोजना हुने ‘रमझम साँझ’मा गुञ्जिनेछन् । अन्य ठाउँको तालिका आउने क्रममा रहेको यमले जानकारी दिए ।

सांगीतिक भ्रमणका क्रममा यमले बादलुको घुम्टो, निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, दिलमाया, माया बस्यो मुटुमा, तिम्रो हाम्रो चिनारी, सनम माया लाकोदेखि केही नयाँ गीत समेत प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण