गुम्बाभित्र हातहतियार लुकाइएकाे आरोपकाे खण्डन
काठमाडाैँ । बौद्ध शिक्षाको केन्द्र गुम्बाभित्र हातहतियार लुकाइएकाे आरोप लागेपछि नेपाल हिन्दू समाजले सोमबार विज्ञप्तिमार्फत खण्डन गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “बुद्ध जन्मेको देश नेपाल बौद्ध शिक्षाको केन्द्र बन्नुपर्नेमा उल्टै गुम्बाहरूलाई लक्षित गर्दै निराधार आरोप लगिनु निकै दुःखद छ।”
समाजले गुम्बाजस्ता पवित्र स्थलमाथि हातहतियार राखिएको भ्रम फैलाइएकाले बौद्ध धर्मगुरु र धर्मावलम्बीहरूको आस्थामाथि ठाडो प्रहार भएपछि आफूहरू पनि चिन्तित र दुःखी रहेको जनाएको छ ।
नेपालमा सदियौँदेखि कायम हिन्दू–बौद्ध हार्दिकता भङ्ग गर्ने प्रयासस्वरूप यस्ता आरोप लगाइएको दाबी गर्दै समाजले प्रमाण पेस गर्न चुनौती दिएको छ ।
“यदि कसैसँग यस्ता आरोपको प्रमाण छ भने सार्वजनिक रूपमा पेस गरियोस्; प्रमाणित भएमा बौद्ध गुरुहरूका साथ सरकारले आवश्यक कारबाही गर्न हामी पनि माग गर्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण