महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको पाँच बुँदे निर्देशन
सारांश
- एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको लागि पार्टीले पाँच बुँदे निर्देशन जारी गरेको छ।
- निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची प्रकाशन गर्न र केन्द्रीय संगठन विभागलाई जानकारी गराउन निर्देशन दिइएको छ।
- प्रतिनिधि छनौटका लागि १२ गतेसम्म सहमतिको प्रयास गर्ने र १३ गते निर्वाचन प्रक्रिया सुरु गर्ने निर्देशन छ।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठक मार्फत केही निर्णयहरू गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो । अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।
यसैगरी कायम भएको अन्तिम मतदाता सूचिको संख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनौटलाई नसार्न निर्देशन गरेको छ ।
केही जिल्लाहरूमा प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा १ हजार रुपैंया भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समय मै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनौट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।
मङ्सिर २७ देखि २९ गते काठमाडौँमा हुने पार्टीको ११ औँ महाधिवेशनको मङ्सिर १३ गते देशैभरि र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण