इथियोपियामा ज्वालामुखी विस्फोट
मङ्गलबार, ०९ मङ्सिर २०८२, १० : ००
सारांश
- इथियोपियाको अफार क्षेत्रमा रहेको हाइली गुब्बी ज्वालामुखी आइतबार बिहान विस्फोट भयो।
- विस्फोटपछि निस्किएको धुवाँ १४ किलोमिटर उचाइसम्म पुग्यो, जसले गर्दा यमन, ओमान, भारत र पाकिस्तान प्रभावित भए।
- ज्वालामुखी विस्फोटका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भए, तर हताहतको विवरण अझै प्राप्त भएको छैन।
काठमाडौँ । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् ।
पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष यता पहिलो पटक विस्फोट भएको हो । ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुँवा १४ किलोमिटर उचाइसम्म पुगेको बताइएको छ ।
ज्वालामुखीका कारण निस्किएको धुलो यमन, ओमान, भारत र उत्तरी पाकिस्तानसम्म पुगेको जनाइएको छ । ज्वालामुखीबाट भएको हताहतको विवरण भने प्राप्त भइसकेको छैन ।
आकाशमा मडारिएको धुलोका कारण कैयौँ अन्तर्राष्ट्रिय उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण