धुमधामका साथ मनाइयो विवाहपञ्चमी, तस्बिरहरू
जनकपुरधाम । राम सीता विवाहपञ्चमी जनकपुरस्थित जानकी मन्दिर परिसरमा धुमधामका साथ मनाइएको छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव विधिपूर्वक सम्पन्न भएको छ ।
त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा विवाहपञ्चमी पर्व मनाइन्छ ।
त्रेतायुगमा मिथिलाका राजा जनककी छोरी सीताको स्वयंवरका लागि शर्त स्वरूप राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएको हो । भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रङ्गभूमिमा पुर्याइन्छ भने त्यस्तै गरी जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
रङ्गभूमिमा विवाहको विभिन्न विधि सम्पन्न पश्चात् सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ र मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिएको छ ।
विवाह महोत्सवमा निस्केको भगवान्काे डोला शोभायात्रामा नेपाली सहित भारतीय विभिन्न क्षेत्रबाट श्रद्धालु भक्तजन सहभागी हुने गर्छन् ।

















तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण