सर्लाहीमा जलेको अवस्थामा भेटिएका पुरुषको उपचार हुँदै
मङ्गलबार, ०९ मङ्सिर २०८२, २२ : ४३
सारांश
- सर्लाहीको लालबन्दीमा एक पुरुष जलेको अवस्थामा फेला परेका छन्।
- प्रारम्भिक अनुसन्धान अनुसार, उनले आफैं पेट्रोल छर्केर आगो लगाएका थिए।
- घाइते पुरुषको पहिचान नखुलेको र उपचारका लागि जनकपुर पठाइएको छ।
काठमाडौँ । सर्लाहीको लालबन्दीमा शरिर जलेको अवस्थामा एकजना पुरुष भेटिएका छन् । लालबन्दी नगरपालिका वडा नम्बर–७ स्थित डुमडुमे मन्दिर नजिकै पुरुष जलेको अवस्थामा भेटिएका हुन् ।
करिब ५५ वर्षीय पुरुषले आफैँले पेट्रोल छर्केर आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । उनको पहिचान खुलेको छैन । घाइते अवस्थामा भेटिएका उनलाई उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर बिरेन्द्र जोहारीले रातोपाटीलाई बताए ।
महेन्द्र राजमार्गको किनारमा पेट्रोल छर्किनुअघि उनले नजिकै रहेको आश्रममा खाना खाएर निस्केको स्थानियले प्रहरीलाई जानकारी गराएका छन् । आश्रमबाट निस्केपछि डुमडुमे मन्दिर नजिक उनले आफैँलाई आगो लगाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण