शेख हसिनाको अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा
सारांश
- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना समर्थित अवामी लिग पार्टीले देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
- अवामी लिगले इन्टरनेशनल क्राइम्स ट्राइब्युनलको फैसलालाई 'राजनीतिक षडयन्त्र' भन्दै विरोध जनाएको छ।
- पार्टीले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आगामी निर्वाचनबाट हसिना र उनको पार्टीलाई हटाउन खोजेको आरोप लगाएको छ।
बंगलादेश । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना समर्थित अवामी लिग पार्टीले नोभेम्बर ३० सम्म देशभरि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई मृत्यु दण्डको सजाय सुनाएपछि अवामी लिगले यसलाई “राजनीतिक सडयन्त्र” को संज्ञा दिँदै विरोध प्रदर्शनको कार्यक्रम अघि सारेको हो।
अवामी लिगले आफ्नो आधिकारिक ‘एक्स’ मा जारी गरेको वक्तव्यमा अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसद्वारा हसिना र उनको पार्टीलाई आगामी फेब्रुअरीमा हुने आम निर्वाचनबाट बाहिर राख्न नियोजित रूपमा ट्राइब्युनलको फैसला गराइएको आरोप लगाएको छ।
पार्टीले ट्राइब्युनललाई ‘अवैध’ बयान गर्दै उक्त फैसला अस्वीकार गरेको तथा प्रधानमन्त्री युनुसले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। साथै युनुस र उनका सहयोगीहरूलाई ‘मुक्ति–विरोधी’ तथा ‘राष्ट्रविरोधी’ गतिविधिमा संलग्न भएको आरोपसमेत लगाइएको छ।
अवामी लिगले देशमा देखावटी चुनाव हुन नदिने चेतावनी दिँदै यसको कुनै पनि मूल्यमा प्रतिरोध गरिने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण