राजनीति
कांग्रेस महाधिवेशन पक्षधरको भेला : ४ केन्द्रीय सदस्य र २ जना प्रदेश सभापति सहभागी
बुधबार, १० मङ्सिर २०८२, १४ : २६
सारांश
- नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा भेला आयोजना गरे जसमा ४ केन्द्रीय सदस्य र २ प्रदेश सभापति सहभागी भए।
- भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, तारामान गुरुङ, प्रतिमा गौतम र अजयबाबु सिवाकोटी सहभागी थिए।
- विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले दबाब दिन भेला गरेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन पक्षधरले काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजना गरेकाे भेलामा ४ केन्द्रीय सदस्य र २ जना प्रदेश सभापति सहभागी भएका छन् ।
भेला सञ्चालन गरिरहेका रमेश धमलाले कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, तारामान गुरुङ, प्रतिमा गौतम र अजयबाबु सिवाकोटी सहभागी भएको जानकारी दिए ।
त्यस्तै धमलाका अनुसार भेलामा पार्टीको गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि सहभागी छन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर सङ्कलन गरेको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।
त्यो आफूहरूको माग बमोजिम विशेष महाधिवेशन गर्न दबाब दिने उद्देश्यले उनीहरूले भेला गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण