सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार छैन : घिमिरे
सारांश
- कांग्रेस नेता गुरुराज घिमिरेले सत्तामा रहेकाहरूलाई पार्टीका नेताहरूको हस्ताक्षरलाई नक्कली भन्न नमिल्ने बताए।
- उनले विशेष महाधिवेशनको माग गर्दै बुझाइएका हस्ताक्षरलाई नक्कली प्रमाणित गर्न चुनौती दिए।
- घिमिरेले पार्टीलाई एकताबद्ध बनाउन र जनभावनाको कदर गर्न विशेष महाधिवेशनको माग गरेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बिसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको बताएका छन् । विशेष महाधिवेशन पक्षधरले काठमाडौँको राष्ट्रियसभामा बुधवार आयोजना गरेको भेलामा घिमिरेले एउटा पनि हस्ताक्षरलाई नक्कली भएको प्रमाणित गर्न चुनौती दिए ।
‘बिसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने ? कसको हो नक्कली हस्ताक्षर ? निकाल्न हामी चुनौती दिन्छौँ,’ घिमिरेले भने, ‘पार्टीका साथीहरूको योगदानका आधारमा पदमा बसेर साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन ।’
घिमिरे गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको २ हजार ४ सय ८८ हस्ताक्षर सङ्कलनका नेतृत्वकर्ता हुन् । घिमिरेले पार्टीलाई एकताबद्ध र संस्थागत बनाउनका लागि विशेष महाधिवेशन माग गरिएको बताए । आफूहरूले सङ्गठन पुनः निर्माण र जनभावनाको कदर गर्न चाहेको बताए ।
सभापति शेरबहादुर देउवाप्रति आफूहरूको दुराशय र दुर्भावना नरहेको बताए । सभापतिको बाँकी जीवनलाई सहज बनाउने र सम्मान घट्न नदिने विषयमा आफूहरू सचेत रहेको घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण