आज पनि बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो
सारांश
- बुधबार सेयर बजार परिसूचक नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुग्यो।
- कारोबारमा आएका ३२२ कम्पनीको ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।
- झापा इनर्जी, सागर डिष्लिटरी, र स्वस्तिक लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधवार पनि वृद्धि भएको छ । चार दिनयता बजार वृद्धि हुँदै आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको हो । मंगलवार पनि नेप्से ५.३२ अंकले बढेर बन्द भएको थियो ।
त्यस्तै, बुधबार सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले बढेको छ ।
बुधवार कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि बढेको हो । अघिल्लो कारोबारको दिन ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
कारोबारमा आएका ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, रिभर फल्स पावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बोटलर्स नेपालको सेयर मूल्य भने ३.९४ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । जसमा ५ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, व्यापार,बैंकिङ उपसमूहको परिसूचक ०.६० प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २६ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण