विशेषज्ञ चिकित्सक नहुँदा बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द
सारांश
- बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ।
- प्रदेश सरकारले चिकित्सक पठाउन ढिलाइ गर्दा स्थानीयलाई समस्या भएको छ।
- अस्पतालमा दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ।
म्याग्दी । विशेषज्ञ चिकित्सक नहुँदा म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रिया सेवा बन्द भएको छ । ५० शय्या क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा ‘हाइड्रोसिल’, ‘एपेण्डिसाइटिस’ र ‘हर्निया’लगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो ।
विशेषज्ञ डा अशोक पन्त मङ्सिर १ गतेदेखि राजीनामा दिएर गए र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अर्का चिकित्सक पठाउन नसक्दा सेवा बन्द भएको हो । गत कात्तिक १५ गतेदेखि बन्द भएको शल्यक्रियामार्फत गरिने प्रसूति सेवा पनि अझै सूचारु भएको छैन । अस्पतालको करार दरबन्दीमा कार्यरत चिकित्सक सरोज यादवले राजीनामा दिएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि बागलुङ र पोखरा जानुपर्ने बाध्यता सुरु भएको जनाइएको छ ।
प्रदेश सरकारले विषेशज्ञ चिकित्सक खटाउन ढिलाइ गर्दा शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि समय र रकम खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको बेनीका स्थानीय दिनेश ढुङ्गानाले गुनासो गरे । सेवा बन्द हुँदा म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका सर्वसाधारण मर्कामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण