रेलले ठक्कर दिँदा चीनमा एघार जनाको मृत्यु
बिहीबार, ११ मङ्सिर २०८२, १० : ४९
सारांश
- चीनको युनान प्रान्तमा रेलको ठक्करबाट ११ जनाको मृत्यु भएको छ।
- रेलवे स्टेसनमा भूकम्पीय उपकरण परीक्षण भइरहेको बेला दुर्घटना भएको हो।
- दुर्घटनामा दुई जना घाइते भएका छन्, रेलले कामदारहरूको समूहलाई ठक्कर दिएको थियो।
बेइजिङ । चीनमा रेलको ठक्करले एघार जनाको मृत्यु भएको छ । चीनको दक्षिणी प्रान्त युनानमा बिहीबार लुओयाङ टाउन रेल्वे स्टेसनभित्र रेलको भूकम्पीय उपकण परीक्षण भइरहेको समयमा सो दुघर्टना भएको हो ।
रेलले रेलवेमा काम गरिरहेका कामदारहरूको समूहलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको बताइएको छ । अरू दुई जना घाइते भएका छन् ।
सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार रेल परीक्षणको समयमा गुडिरहँदा घुमाउरो मोडमा रेलवे ट्र्याकमा रहेका कामदारहरूलाई ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण