ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डबारे के भन्छन् ट्रम्प ?
बिहीबार, ११ मङ्सिर २०८२, १० : ५३
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीमा भएको गोलीकाण्डबारे विज्ञप्ति जारी गरे।
- ट्रम्पले बाइडेन प्रशासनको समयमा अमेरिका आएका अफगानीहरूको पुनः जाँचको कुरा उठाए।
- गोलीकाण्डमा दुई जनाको हत्या भएको र आक्रमणकारी अफगानी नागरिक रहेको बताइएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा भएको गोलीकाण्डबारे एउटा विज्ञप्ति जारी गरेका छन् । बाइडेन प्रशासनको समयमा अमेरिका आएका अफगानीहरूको पुनः जाँच गर्ने कुरा उनले गरेका छन् ।
वासिङ्टन डीसीमा दुई राष्ट्रिय गाडको गोली हानेर गम्भीर घाइते भएको समयमा ट्रम्पको यो अभिव्यक्ति आएको हो । कानुन प्रवर्तन स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार, सीबीएस न्यूजलाई बताएअनुसार सन्दिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्, जो २०२१ मा अमेरिका आएका थिए ।
‘अब जरुरी भइसकेको छ कि बाइडेन प्रशासनको समयमा अफगानिस्तानबाट देशमा आएका प्रत्येक विदेशीको पुनः जाँच होस् ।’ ट्रम्पले भने ।
अमेरिकामा बस्न पाउने अधिकार नभएका वा देशलाई कुनै फाइदा नपुर्याउने प्रत्येक विदेशीलाई देशबाट हटाउन सबै आवश्यक कदम चाल्नुपर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण