मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट फुयाल र पाण्डेयको संयुक्त इजलासमा
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
- न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटको सुनुवाइ हुनेछ।
- अर्जुन शाह र कृष्णप्रसाद यादवसहितले मुख्यमन्त्री नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन्।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयलाई लिएर काठमाडौँ महानगर–११ बस्ने अर्जुन शाहले कात्तिक २४ गते रिट निवेदन दायर गरेका थिए । कात्तिक २५ गते प्रदेश सभा सदस्यहरूका तर्फबाट कृष्णप्रसाद यादवसहितकाले अर्को रिट निवेदन दर्ता गराएका थिए ।
दुवै रिट निवेदनमाथि न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने छ ।
दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार बन्ने अवस्था कायम रहेकै समयमा तत्कालीन प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाएर संविधानको मर्म विपरीत काम गरेको रिट निवेदकहरूको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण