एमाले नेता बस्नेत र जेनजीबिच आरोप–प्रत्यारोप
काठमाडाैँ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले नेकपा (एमाले) नेता महेश बस्नेतलाई ‘तपाईँहरू जस्तो लुट–भ्रष्टाचार र हत्या–आतङ्क’ आफूहरूको पेसा नभएको बताएका छन् ।
जेनजीहरुले शान्तिपूर्ण आन्दोलन मार्फत देशमा बदलाव चाहेको जनाउँदै जेनजी नेता साहले बस्नेत जस्तो आफूहरूले षडयन्त्र गर्न नजानेको बताए ।
‘महेश बस्नेतजी, तपाईँहरू जस्तो लुट–भ्रष्टाचार र हत्या–आतङ्क हाम्रो पेसा होइन । न हामी षड्यन्त्र गर्न जानेका छौ, न त रातलाई दिन बनाउन बुझेका छौ । हामी जेनजीहरू त शान्तिपूर्ण आन्दोलन मार्फतÞत देशमा बदलाव चाहेका छौँ,’ कमन जेनजी नेपालका अध्यक्ष साहले सामाजिक सञ्जालमा लेखेका छन् ।
एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत साह सर्वोच्च अदालत, सिंहदरबार, एमाले मुख्यालय जलाउनमा पनि संलग्न रहेको आरोप भएको भन्दै लेखेपछि अध्यक्ष साहले त्यसको कडा जवाफ दिँदै सो आरोप पुष्टि गर्न चुनौती दिँदै पुष्टि गर्न नसके माफी माग्नुपर्ने बताए ।
‘जहाँसम्म तपाईँको तोडफोड र आगजनीको आरोप छ । म यस्तो आपराधिक क्रियाकलापमा विश्वास गर्दिन । मेरो चुनौती छ तपाईँलाई, आजको सीसी क्यामरा र भिडियोको युगमा भ्रमको राजनीतिक हैन तथ्यले पुष्टि गरेर देखाउनु । यदि पुष्टि नभए माफी माग्ने नैतिक हैसियत पनि राख्नुस् । यस्तो आधारहीन झुट आरोप पनि अपराध नै हो, यसको पनि हेक्का पक्कै होला,’ साहले लेखेका छन् ।
यसअघि एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभु साहका छोरा विकेश साहलाई भाद्र २३ र २४ गतेको घटनामा आगजनी, तोडफोड र हिंसात्मक गतिविधिहरूमा संलग्न भएको आरोप छ । सर्वोच्च अदालत आगो लाउन, सिंहदरबार जलाउन र एमाले मुख्यालय जलाउन पनि यिनको संलग्न रहेको आरोप छ ।’
साहले आधारहीन झुट आरोप लगाउनु पनि अपराध नै नभएको भन्दै बस्नेतलाई त्यसलाई पुष्टि गर्न नसके माफी माग्ने नैतिक हैसियत राख्नुपर्ने चुनौती दिएका छन् । बस्नेत र साहका बीचमा सामाजिक सञ्जालमा यस्तै आरोप–प्रत्यारोप र चर्काचर्की चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण