मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

बिहीबार, ११ मङ्सिर २०८२, २१ : ३०
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्रीले निर्वाचनमा सहभागी भएर राजनीतिक मुद्दाहरू सम्बोधन गर्न आग्रह गरिन्।
  • उनले मुलुक निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताइन्, र निर्वाचनमा भाग लिन आह्वान गरिन्।
  • प्रतिनिधिमण्डलले निर्वाचन सहज बनाउन पूर्वाधारको व्यवस्था गर्न आग्रह गर्‍यो।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले सो आग्रह गरेकी हुन् ।

उनले मुलुक निर्माणमा सबैको सहयोग आवश्यक भएकाले निर्वाचनमा सहभागी हुन आग्रह गरिन् । वर्तमान सरकारसँग विभिन्न पक्षका धेरै अपेक्षा भए पनि उनले जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताइन् ।

भेटमा सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढङ्गले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेका थिए । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप