शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल : काठमान्डुसँग ५३ रनले हार्‍याे चितवन
LIVE UPDATES

LIVE UPDATES : एनपीएल : काठमान्डुसँग ५३ रनले हार्‍याे चितवन

शुक्रबार, १२ मङ्सिर २०८२, १३ : ४७
Live

काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो ।

चितवनका लागि देव खनाल र अर्जुन साउदले समान २१–२१ रनको योगदान गरे । त्यस्तै सोहिल तनविरले १८ रन जोडे । काठमान्डुका लागि रशिद खानले सर्वाधिक तीन विकेट लिए ।

काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित

काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो । चितवनका लागि देव खनाल र अर्जुन साउदले समान २१–२१ रनको योगदान गरे । त्यस्तै सोहिल तनविरले १८ रन जोडे । काठमान्डुका लागि रशिद खानले सर्वाधिक तीन विकेट लिए ।

त्यस्तै कप्तान करण केसी, शाहब आलम र दिपेश कँडेलले दुई–दुई विकेट लिए । काठमान्डुका सन्तोष यादवको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनाएको थियो । काठमान्डुका लागि सिम्पसनले ६० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका हुन् ।

चितवन भर्सेस काठमान्डु : कप्तान करणले दिलाए काठमान्डुलाई आठौँ सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध आठौँ सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले सोहिल तनवीरलाई आठौँ विकेटको रूपमा गुमाएको हो । 

तनवीरलाई काठमान्डुका कप्तान करण केसीले १८ रनमा बोल्ड आउट गराएका हुन् ।

रशिदले दिलाए काठमान्डुलाई सातौँ सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राईनोजविरुद्ध सातौं सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले रवी बोपराको रुपमा सातौं विकेट गुमाएको हो ।  बोपरालाई काठमान्डुका रशिद खानले २१ रनमा क्याच आउट गराएका हुन्  ।

लगातार विकेट गुमाउँदै चितवन, अर्जुन साउद आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राईनोजविरुद्ध छैटौँ सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले अर्जुन साउदलाई छैटौँ विकेटको रूपमा गुमाएको हो । 

साउदलाई काठमान्डुका सन्तोष यादवले २ रनमा क्याच आउट गराएका हुन् । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

साहाबले लिए चितवनको पाँचौँ विकेट, कप्तान कुशल आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राईनोजविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले कुशल मल्लको रुपमा पाँचौं विकेट गुमाएको हो । मल्ललाई काठमान्डुका शाहव आलमले ७ रनमा क्याच आउट गराएका हुन् ।

एनपीएल : आज पनि चलेन देव खनालको ब्याट, २१ रनमा आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध चौथो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले देव खनाललाई चौथो विकेटको रूपमा गुमाएको हो । 

देवलाई काठमान्डुका शाहव आलमले २१ रनमा क्याच आउट गराएका हुन् । प्रतियोगिताको चार खेल खेल्दा खनालले हालसम्म २८ रन भन्दा माथि स्कोर गर्न सकेका छैनन् ।

एनपीएल : मिलिन्द कुमारले लिए चितवनको तेस्रो विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा शुक्रबारको खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले तेस्रो विकेटको रूपमा शेफ जैबलाई गुमाएको हो ।

जैबलाई काठमान्डुका मिलिन्द कुमारले १ रनमा आउट गरे । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

मिलिन्द कुमारले दिलाए काठमान्डुलाई दोस्रो सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राईनोजविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले डेविड मलानको रुपमा दोस्रो विकेट गुमाएको हो । 

डेविडले काठमान्डुका मिलिन्दकुमारले ७ रनमा क्याच आउट गराएका हुन् । यो विकेटसँगै चितवनले ४ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै १६ रन बनाएको छ ।

काठमान्डुलाई पहिलो ओभरमा नै सफलता, करणले लिए विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राईनोजविरुद्ध पहिलो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले पहिलो ओभरमा नै विकेट गुमाएको हो । 

एनपीएल : जोन सिम्प्सन अर्धशतक बनाउने १२ औँ खेलाडी

काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजका जोन सिम्प्सनले अर्धशतक प्रहार गरेका छन्।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुक्रबार जारी चितवन राइनोजविरुद्धको खेलमा उनले २५ बलमा ५० रन पूरा गरे।

सिम्प्सन काठमाडौँका लागि एनपीएलको दोस्रो सिजनमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। योसँगै जारी सिजनमा १५ अर्धशतक प्रहार भए। जसमा १२ खेलाडी सामेल छन्। सिम्प्सन अर्धशतक हिर्काउने १२औँ खेलाडी बने।

सिम्पसनको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई १४३ रनको लक्ष्य

काठमाडौँ । जोन सिम्पसनको अर्धशतकको सहयोगमा काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनायो । 

काठमान्डुका लागि सिम्पसनले ६० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका हुन् । त्यस्तै मिलिन्द कुमारले ४३ बालमा ५ चौकाको सहयोगमा ३८ रन बनाए । 

काठमान्डुका वेन चाल्र्सवेथले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ चितवनका लागि सोहिल तनविरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चे । त्यस्तै रन्जितकुमार र कमल सिंह ऐरीले दुई–दुई विकेट लिँदा रवी बोपराले एक विकेट लिए । 

सोहिलले लिए एकै ओभरमा काठमान्डुको तीन विकेट

काठमाडौँ । सोहिल नतविरले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजका लागि एकै ओभरमा तीन विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले एकै ओभरमा तीन विकेट गुमाएको हो । नतविरले १७औँ ओभरको दोस्रो बलमा गेहार्ड रसमसलाई हाउट गराएको थिए । १७ औँ ओभरकै चौथो बलमा आदिल आलमलाई ८ रनमा बोल्ड आउट गराए । 

चितवनलाई छैटौँ सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध छैटौँ विकेट लिएको छ । सोहिल तनविरले विकेट लिँदै चितवनलाई छैटौँ सफलता दिलाएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले गेहार्ड रसमसलाई छैटौँ विकेटका रूपमा गुमाएको हो । सोहिलले उनलाई बोल्ड आउट गराएका हुन् ।

लगातार विकेट गुमाउँदै काठमान्डु, सिम्पसन ६० रन बनाएर आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध पाँचौँ विकेट लिएको छ । कमलसिंह ऐरीले विकेट लिँदै चितवनलाई पाँचौं सफलता दिलाएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले जोन सिम्पसनलाई पाँचौं विकेटका रूपमा गुमाएको हो । कमलले सिम्पसनलाई ६० रनमा क्याच आउट गराएका हुन् ।

चितवनलाई चौथो सफलता, मिलिन्दकुमार ३८ रन बनाएर आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध चौथो विकेट लिएको छ । रवि बोपराले विकेट लिँदै चितवनलाई चौथो सफलता दिलाएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले मिलिन्द कुमारलाई चौथो विकेटका रूपमा गुमाएको हो । बोपराले मिलिन्दलाई ३८ रनमा बोल्ड आउट गराएका हुन् ।

चितवनविरुद्ध जोन सिम्पसनको अर्धशतक पूरा

काठमाडौँ । काठमान्डु गोर्खाजका जोन सिम्पसन दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजविरुद्ध अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुका लागि उनले २५ बलमा अर्धशतक पूरा गरेका हुन् ।  

काठमान्डुले १० ओभरमा बनायो ५९ रन

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध १० ओभरमा ५९ रन बनाएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले १० ओभरमा तीन विकेट गुमाउँदै ५९ रन बनाएको हो । 

काठमान्डुका लागि अहिले क्रिजमा रहेका मिलिन्द कुमार १६ रन बनाएर खेलिरहेका छन् भने जोन सिमसन १९ रन बनाएर खेलिरहेका छन् ।

काठमान्डुलाई तेस्रो झट्का, सोहिलले लिए विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध तेस्रो विकेट लिएको छ । सोहिल तनविरले काठमान्डुको तेस्रो विकेट लिँदै चितवनलाई तेस्रो सफलता दिलाएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले बेन चार्ल्सवर्थलाई दोस्रो विकेटका रूपमा गुमाएको हो । सोहिलले चार्ल्सवर्थलाई १३ रनमा क्याच आउट गराएका हुन् । काठमान्डुले बेन चार्ल्सवर्थलाई तेस्रो विकेटका रूपमा गुमाएको हो ।

यो विकेटसँगै काठमान्डुले पाँच ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै २५ रन बनाएको छ ।

रञ्जित कुमारले दिलाए चितवनलाई दोस्रो सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले रशिद खानको रुपमा दोस्रो विकेट गुमाएको हो ।  रन्जित कुमारले रशिदलाई ६ रनमा क्याच आउट गराएका हुन् । 

यो विकेटसँगै काठमान्डुले ३ ओभरको खेल सकिँदा २ विकेट गुमाएर २० रन बनाएको छ । 

चितवनलाई पहिलो सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले आकाश त्रिपाठीको रुपमा पहिलो विकेट गुमाएको हो । 

आकाश ४ रन बनाएर रन आउट भएका हुन् ।

चितवनले जित्यो टस, काठमान्डुलाई ब्याटिङको निम्तो

काठमाडौंँ  ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज खेल्दैछन् । दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स खेल्नेछन् । पहिलो खेलमा  चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।  

काठमाडौंँले पहिले ब्याटिङ गर्नेछ ।  चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको छ । काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । दुवै टोलीको समान ४ अंक हुँदा नेट रनरेटमा चितवन अघि छ र तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया