एनपीएल : जोन सिम्प्सन अर्धशतक बनाउने १२ औँ खेलाडी
सारांश
- जोन सिम्प्सनले एनपिएलमा अर्धशतक बनाए।
- सिम्प्सन एनपिएलको दोस्रो सिजनमा अर्धशतक बनाउने पहिलो खेलाडी बने।
- प्रतियोगितामा अरु खेलाडीहरूले पनि अर्धशतक बनाए।
काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजका जोन सिम्प्सनले अर्धशतक प्रहार गरेका छन्।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुक्रबार जारी चितवन राइनोजविरुद्धको खेलमा उनले २५ बलमा ५० रन पूरा गरे।
सिम्प्सन काठमाडौँका लागि एनपीएलको दोस्रो सिजनमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। योसँगै जारी सिजनमा १५ अर्धशतक प्रहार भए। जसमा १२ खेलाडी सामेल छन्। सिम्प्सन अर्धशतक हिर्काउने १२औँ खेलाडी बने।
यसअघि चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काए। यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल, पोखराका सुमित बर्माले, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक/एक अर्धशतक हिर्काए।
कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एक मात्र खेलाडी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण