फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा
शुक्रबार, १२ मङ्सिर २०८२, १५ : ०६
सारांश
- निर्देशक सरोज पौडेलले नयाँ फिल्म 'सिन्दुरे जात्रा' बनाउने घोषणा गरेका छन्।
- फिल्म नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित हुने बताइएको छ, जसको टिजर सार्वजनिक भएको छ।
- यो फिल्म सारंगी फिल्म्सको प्रस्तुति र प्रभाकर श्रेष्ठको निर्माणमा बन्नेछ, र यसको वितरण आरआर फिल्म्सले गर्नेछ।
काठमाडौँ । फिल्म ‘सिन्दुरे जात्रा’ निर्माण घोषणा गरिएको छ । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले यो फिल्म घोषणा गरेका हुन् । फिल्मको एक टिजर सार्वजनिक गर्दै नाम घोषणा गरेका हुन् ।
टिजरमा सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन । फिल्मको कथा पनि निर्देशक पौडेल स्वयंको हो । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित रहेर फिल्म बन्न लागेको बताइन्छ । सारंगी फिल्म्सको प्रस्तुति रहेको सो फिल्मको निर्माता प्रभाकार श्रेष्ठ हुन् ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहने फिल्ममा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए । फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ । पौडेल निर्देशित पछिल्लो फिल्म केही अघि मात्र प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण