मन्त्री कुलमान घिसिङबाट विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण
सारांश
- मन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति पुर्याएको काभ्रेपलान्चोकका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन्।
- बाढीपहिरोका कारण सडक, पुल, खानेपानी र स्वास्थ्य चौकीमा क्षति पुगेको र पुनर्निर्माण हुन नसकेको गुनासो आएको छ।
- मन्त्री घिसिङले पुनर्निर्माणलाई प्राथमिकता दिने र चुनावपछि बजेट विनियोजन गरी काम अघि बढाइने बताए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्याएको काभ्रेपलान्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।
बाढीका कारण त्यस क्षेत्रका सडक एवम् पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा महानिर्देशक, सिँचाइ डिभिजनका प्रमुखलगायतको टोली सहित निरीक्षणमा गएका हुन् ।
मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताए । अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने रहेको उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाह, विपद् प्रभावित क्षेत्रको पुनर्स्थापना एवम् पुनर्निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताए ।
गत वर्षको १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोले रोशी गाउँपालिका–१, २ र ३ र नमोबुद्ध गाउँपालिका–८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामे साँघुको पक्की पुलको दायाँबायाँको सडकमा क्षति पुर्याएको थियो । त्यस क्षेत्र नदी किनार संरक्षण नगरेमा पुल नै बगाउन सक्ने सम्भावना रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विपद्मा राखेर उक्त कार्य अगाडि बढाउन अर्थ मन्त्रालयमा बजेट सहमतिका लागि प्रस्ताव पठाइसकेको छ । बाढीले त्यहाँस्थित झोलुङ्गे पुल बगाएको थियो । पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ । बाढीले दश शय्याको आधारभूत अस्पताल पूर्ण रूपमा बगाएको थियो ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सङ्घीय र प्रदेश सरकारले विपद् प्रभावित संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने बताएको तर सोबमोजिम काम काम हुन नसकेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण