सुदूूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न
सारांश
- सुदूरपश्चिम प्रदेशमा सुरक्षा गोष्ठी १६ मङ्सिरमा धनगढीमा हुने भएको छ ।
- सुरक्षा संयन्त्रको बैठकले विभिन्न विषयमा छलफल र निर्णय गरेको छ ।
- आपत्कालीन गोदामघरको व्यवस्थापन र जनशक्ति व्यवस्थापनबारे निर्णय भएको छ।
कैलाली । यही मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको छ । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्तिसुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको विषयमा प्रदेशका तर्फबाट प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि छलफल हुनेछ ।
आज यहाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको अध्यक्षता बसेको सुदूूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठकले चारवटै सुरक्षा निकाय, प्रदेश निर्वाचन कार्यालयको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयोजन गरी प्रस्तुतीकरण तयार गर्ने निर्णयसमेत गरेको छ ।
सुरक्षा गोष्ठीमा व्यवस्थापकीय पक्ष जिल्ला प्रशासन कार्यालय कैलाली, आर्थिक व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीको साझेदारीमा गर्ने निर्णय भएको छ ।
यस्तै, प्रदेशअन्तर्गत रहेका आपत्कालीन गोदामघरहरुको व्यवस्थापन प्रचलित कानुनबमोजिम हुने गरी अनुगमन तथा निरीक्षणका लागि चारवटै सुरक्षा निकायको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यथाशीघ्र अनुगमन तथा निरीक्षण टोली गठन गरी महिनामा एकपटक निरीक्षणको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
धनगढी उपमहानगरपालिका–१३ धनगढी विमानस्थल परिसरभित्र रहेको प्रादेशिक आपत्कालीन गोदामघरको व्यवस्थापन प्रचलित कानुनबमोजिम गर्ने गरी सुरक्षा प्रबन्धका लागि मात्र आवश्यक जनशक्ति व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीलाई सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण