एनपीएल : बसिर अहमद अर्धशतक बनाउने १३ औँ खेलाडी
शुक्रबार, १२ मङ्सिर २०८२, २० : २५
सारांश
- विराटनगर किङ्ग्सका बसिर अहमद एनपिएलमा अर्धशतक बनाउने १३औँ खेलाडी बने।
- उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा अर्धशतक बनाए।
- यस सिजनमा १७ अर्धशतक बनिसकेका छन्, जसमा रवि बोपरालगायतका खेलाडी छन्।
काठमाडौँ । विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने १३औँ खेलाडी बनेका छन् ।
उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे। उनी जारी सिजनमा अर्धशतक हिर्काउने १३औँ खेलाडी भए पनि हालसम्म १७ अर्धशतक बनेका छन्।
जसमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक हिर्काए।
यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, पोखराका सुमित बर्माले, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक–एक अर्धशतक हिर्काए। कर्णालीका मार्क वाटमात्र जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण