भारतले अफगानिस्तानलाई ७३ टन औषधि र भ्याक्सिन सहायता पठायो
सारांश
- भारतले अफगानिस्तानलाई ७३ टन जीवनरक्षक औषधि, भ्याक्सिन र पोषण सामग्री पठाएको छ।
- भारतले अफगानिस्तानका जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग जारी राख्ने बताएको छ।
- अफगानिस्तान र भारतबीचको सम्बन्ध सुधार भइरहेको संकेत देखिएको छ।
काठमाडौँ। भारतले अफगानिस्तानलाई ठुलो मात्रामा अर्थात् ७३ टन जीवनरक्षक औषधि, भ्याक्सिन र आवश्यक पोषण सामग्री पठाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालका अनुसार काबुलको तत्कालीन स्वास्थ्य आवश्यकता पूरा गर्न भारतले यो मानवीय सहायता उपलब्ध गराएको हो।
उनका अनुसार भारतले अफगान जनताको स्वास्थ्य सुरक्षाका लागि निरन्तर सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि यस्तो सहयोग जारी रहनेछ।
भारतले यो सहायता पाकिस्तान र अफगानिस्तानबिच तनाव चुलिएको बेला पठाएको हो । त्यस्तै, हाल भारत र अफगानिस्तानको तालिबान प्रशासनबिच सम्बन्ध केही नजिकिएको देखिन्छ।
यसअघि यसै वर्ष अक्टोबरमा अफगानिस्तानका तालिबान सरकारले नियुक्त गरेका विदेशमन्त्री अमीर खान मुत्तकी छ दिने भारत भ्रमणमा आएका थिए। सन् २०२१ अगस्तमा अफगानिस्तानमा तालिबान पुनःसत्तामा आएपछि कुनै तालिबान मन्त्रीको यो पहिलो औपचारिक भारत यात्रा थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण