एमाले महाधिवेशन प्रतिनिधि छनौट : लुम्बिनीका अधिकांश जिल्लामा सर्वसम्मत बनाउने प्रयास
सारांश
- एमालेको ११औँ महाधिवेशनका लागि लुम्बिनीका जिल्लाहरूमा प्रतिनिधि छनौटको प्रक्रिया भइरहेको छ।
- रुपन्देही, कपिलवस्तु र बाँकेमा सहमति जुट्न नसक्दा निर्वाचन हुने सम्भावना छ, भने अन्य जिल्लामा सहमति प्रयास जारी छ।
- लुम्बिनी प्रदेशबाट १ सय ९० जना प्रतिनिधि चयन हुनेछन्, जसमा महिला, दलित र युवाको अनिवार्य सहभागिता रहनेछ।
बुटवल । एमालेको ११औँ महाधिवेशनका लागि लुम्बिनीका जिल्ला जिल्लामा प्रतिनिधि छनौट जारी छ । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले प्रदेशका सबै जिल्लामा सकभर सर्वसम्मत बनाउनको सबै साथीहरू सर सल्लाहमा रहेको रातोपाटीलाई बताए ।
उनले भने– जिल्लामा साथीहरू काम गर्नु भएको छ, अधिकांश ठाउँमा सर्वसम्मत गराउनुहुन्छ । नभएको ठाउँमा आज मतदान हुन्छ।
सर्वसम्मत नबाउनको लागि जिल्लाका नेताहरू पनि आ आफ्नो ढङ्गबाट लागि रहेका छन्। प्युठान करिब सर्वसम्मत छ। त्यसलाई औपचारिकता दिन बाँकी रहेको छ । पाल्पामा पनि सर्वसम्मत लागि छलफल रहेका छन् । अध्यक्ष कँडेलले सबै जिल्ला सोही ढङ्गबाट छलफल क्रममा रहेको प्रस्टाए ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये रुपन्देहीमा ,कपिलवस्तु र बाँके जिल्ला भने सर्वसम्मत नहुने देखिएको छ। ती जिल्ला सर्वसम्मतको सम्भावना कम भएकोले निर्वाचन हुने तयारी छ। अन्य जिल्लामा मिलाउने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् ।
रुपन्देहीमा सर्वसम्मत हुने सम्भावना न्यून भएकोले मतदान हुनसक्ने एमाले प्रचार विभाग लुम्बिनी प्रदेश सचिव डीआर घिमिरेले रातोपाटीलाई बताए।
यस्तै कपिलवस्तु जिल्लामा पनि आकाक्षीहरु धेरै भएकोले मतदान हुने एमाले नेता एवं प्रदेश सभा सदस्य विष्णु पन्थीले बताए।
जिल्ला अध्यक्ष शिवकुमार आचार्यले छलफल मै रहेको रातोपाटीलाई बताए । अर्घाखाँचीमा जिल्ला अध्यक्ष पीताम्बर भुसाल पनि छलफल मै रहेको खुलाए।अन्य जिल्लाहरुमा सकभर मिलाउने नभएका मतदान गर्ने तयारी रहेको जिल्ला स्तरका नेताहरू भनाई रहेको छ ।
लुम्बिनी प्रदेशमा कुन जिल्लाबाट कति प्रनितिधि आउँछन् ?
लुम्बिनीमा एमालेका ८२ हजार १ सय ३५ सङ्गठित सदस्य रहेका छन्। तीमध्येबाट भूगोल,कमिटी र जनसङ्गठनबाट गरी १ सय ९० जना प्रतिनिधि चयन हुँदै छन् ।
एमाले प्रदेश अध्यक्ष कँडेलका अनुसार लुम्बिनीबाट हरेक ३ जना प्रतिनिधिमध्येबाट १ महिना अनिवार्य गरिएको छ। त्यसरी छनोट गर्दा ५३ जना महिला, १९ जना दलित र ४० वर्षमुनिका कम्तीमा २६ युवा अनिवार्य छनोट हुनेछन् ।खुल्ला पदमा ८० जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश कमिटीबाट ५ र मजदुर सङ्गठनबाट ७ जना छनोट हुने छन् ।
रुपन्देहीमा ३४, प्युठानमा ८,पाल्पामा १४,गुल्मीमा २०,अर्घाखाँचीमा १३,कपिलवस्तुमा १५,दाड २२ बाँके १५,बर्दिया १५, नवलपरासी पश्चिम ११,रोल्पा ६ ,पूर्वी रुकुम ५, जना प्रतिनिधि छनौट भएर जिल्लागत रूपमा आउने छन् । १ सय ९० जना प्रतिनिधि ११ औँ अधिवेशनमा सहभागी हुने अध्यक्ष कँडेलले रातोपाटीलाई खुलाए ।
केन्द्रीय नेताहरूको चासो
गत हप्ता पूर्व अध्यक्ष मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देही आएका थिए । उनले कार्यकर्ता भेटघाटदेखि विभिन्न क्षेत्रको अनुगमन गरेका थिए। केही निकटका जिल्ला स्तरका नेताहरू प्रतिनिधिबारे अनौपचारिक रूपमा चासो राखेका थिए पौडेल बुटवलबाट फर्किएको एक हप्ता नपुग्दै महासचिव शङ्कर पोखरेल बुटवल आएका आएका थिए ।
मजदुर नेता स्वर्गीय कमल गौतमको स्मृतिमा आयोजित कार्यक्रम सम्बोधन गरेपछि पार्टीको प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए । त्यसलगत्तै कार्यकर्ता भेटघाट पनि गरेका थिए । एमालेका एक जिल्ला स्तरका नेताका अनुसार दुवै प्रतिनिधि छनौट आफ्ना खास मान्छेहरूसँग अनौ चारी कुराकानी गरेका थिए । केन्द्रमा ओली र विद्या पक्षको रूपमा ईश्वर पोखरेल उत्रिएका पनि प्रदेश एमालेका माथिल्लो तहमा रहेका नेताहरू मा खुलेर लागेको देखिँदैन। लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण