एमाले दोलखाले गर्यो सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन
सारांश
- नेकपा (एमाले) दोलखाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गर्यो।
- जिल्ला कमिटी बैठकले अध्यक्ष नरबहादुर श्रेष्ठसहित ९ जनालाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको हो।
- एमाले नेता पार्वत गुरुङको पहलमा सर्वसम्मत प्रतिनिधि चयन भएको र महाधिवेशन काठमाडौंमा हुँदैछ।
चरिकोट । नेकपा (एमाले) दोलखाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ ।
शुक्रबार दोलखाको चरिकोटमा सम्पन्न पार्टी जिल्ला कमिटी बैठकले अध्यक्ष नरबहादुर श्रेष्ठसहित ९ जनालाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको हो । जसअनुसार अध्यक्ष श्रेष्ठसहित खुलातर्फ ईश्वरचन्द्र पोखरेल, भरतबहादुर केसी र डबल पाण्डे चयन भएका छन् ।
त्यस्तै शान्तिकुमारी तामाङ, उर्मिला थामी र शारदा राणा महिलातर्फ, दलिततर्फ विशाल विश्वकर्मा तथा युवातर्फ लक्ष्मण गुभाजु चयन भएका छन् । एमाले नेता तथा पार्टीका इन्चार्ज पार्वत गुरुङको पहलमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएको एमाले दोलखा जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए ।
बैठकमा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेता गुरुङले राष्ट्र र जनतालाई संकटबाट जोगाउन पनि पार्टीको नीति र नेतृत्वको विकल्प खोज्न नहुने धारणा राखेका थिए ।
एमालेको महाधिवेशन यही मङ्सिर २७–२९ गते काठमाडौँमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण