इन्डोनेसियामा बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
सारांश
- इन्डोनेसियामा बाढी र पहिरोका कारण १६४ जनाको मृत्यु भयो र ७९ जना बेपत्ता छन्।
- उद्धारकर्मीहरूले उपकरण अभावका कारण कठिनाइको सामना गरिरहेका छन्।
- बाढीले हजारौं घर डुबानमा पारेको छ, हजारौं मानिस विस्थापित भएका छन्।
इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेकाे छ । बाढी र पहिरोमा परी बेपत्ता ७९ जना मानिसहरूको खोजी जारी छ ।
बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्यक उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेका इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बिएनपिबी) ले सुरुमा १७४ जनाको मृत्यु भएको रिपोर्ट गरेकोमा हाल मृतकको सङ्ख्या १६४ मा संशोधन गरेको छ । एजेन्सीका प्रमुख सुहारियान्तोले पत्रकार सम्मेलनमा उत्तरी सुमात्रा प्रान्तमा मृतकको सङ्ख्या ११६ पुगेको र उद्धारकर्ताहरूले टापुको पश्चिममा २३ जनाको शव बरामद गरेको जानकारी दिए।
उनले उद्धार टोलीहरूले उत्तरी सुमात्राका १२ सहर र जिल्लाहरूमा प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइको सामना गरिरहेको पुष्टि गर्दै बाढीले १७ हजार भन्दा बढी घरहरू डुबानमा पर्दा लगभग २३ हजार मानिसहरु विस्थापित भएको जानकारी दिए ।
उष्णकटिबन्धीय चक्रवात सिनियार्टले बढाएको मनसुनी वर्षाले मङ्गलबार उत्तरी सुमात्राका नदीहरूले खतराको सतह नाघेका छन् भने बाढीले धेरै पहाडी गाउँहरू बगाएकाे छ । बाढीका कारण तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा परेका थिए । उक्त स्थानमा आश्रय लिइरहेका तीन हजार परिवारसमेत विस्थापित भएका छन् ।
बाढीले धान बाली , गाईवस्तु र सार्वजनिक सुविधाहरू पनि नष्ट गरेपछि मानिसहरुको दिनचर्या नै तहस नहस भएकाे जनाइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण