गायिका सुनिता दुलालको विवाहसँगै एक प्रश्नको अन्त्य
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशक बिताइसकेकी सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन् ।
साङ्गीतिक करियरलाई प्राथमिकता दिँदा विवाह गर्न ढिलाइ भएको बताउँदै आएकी सुनितालाई विगत एक दशक अघिदेखि हरेक अन्तर्वार्तामा एउटा प्रश्न अनिवार्य सोधिने गरिन्थ्यो, “विवाह कहिले गर्ने?“ अब भने उनको अन्तर्वार्तामा सोधिने उक्त प्रश्नको अन्त्य भएको छ ।
यही मङ्सिर १३ गते अर्थात् नोभेम्बर २९ तारिख शनिबार गोकर्णेश्वर नगरपालिका–मुलपानीस्थित ग्रान्ड नोरलिङ होटल्स रिसोर्टमा राजेश केसीसँग उनी वैवाहिक बन्धनमा बाँधिएकी हुन्। परिवारका केही सदस्य र नजिकका मानिसहरूको उपस्थितिमा सानै जमघटमा राजेश केसीसँग वैवाहिक नाता कायम भएको हो । काठमाडौँमा बस्दै आएका केसी निर्माण तथा कन्स्ट्रक्सन व्यवसायमा समेत संलग्न छन् भने उनी पेशाले इन्जिनियर हुन् ।
केही महिनाअघि युरोपको साङ्गीतिक यात्राका क्रममा बेलायत आएकी सुनिताले विवाह कहिले गर्ने भन्ने प्रश्नको उत्तरमा भनेकी थिइन्, “हरेक कुराको उचित समय आउनुपर्छ। आफ्नो करियरतर्फ बढी केन्द्रित भएकाले विवाह गर्ने कुरालाई यसअघि खासै प्राथमिकता दिइनँ,“ अब भने विवाह गर्ने समय आएको उनले बताएकी थिइन् ।
सयौँको सङ्ख्यामा नेपाली गीत गाइसकेकी र देश विदेशका कार्यक्रमहरूमा व्यस्त रहने सुनितालाई विशेष गरी तीजको गायिकाको रूपमा चिनिन्छ। ’मायालुले झल्को दिइरहने’ बोलको पहिलो गीतबाट साङ्गीतिक यात्रा सुरु गरेकी सुनितालाई ‘आमाले पकाएको मिठो दर खानलाई’ बोलको तीज गीतले साङ्गीतिक क्षेत्रमा सुनिता दुलालको रूपमा स्थापित गरायो। त्यसपछि अर्को तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’ बोलको गीतले उनलाई कहिल्यै पछाडि फर्किनु नपरेको उनले बताइन्। यस वर्ष पनि उनले केहि अन्य गीतका साथै लोक गायक प्रेमराजा महतको शब्द सङ्गीतमा ‘अहिलेको तीजैमा’ बोलको गीत दर्शक श्रोतामाझ पस्केकी थिइन् ।
गीत सङ्गीतकै कारण आफू अहिले यो स्थानमा रहेको बताउँदै आएकी सुनिताले भनिन्, यदि पहिला नै बिहे गरेको भए सायद यो सम्भव नहुन पनि सक्थ्यो । विवाहपछि पनि आफूलाई गलाले साथ दिइन्जेल यही साङ्गीतिक क्षेत्रमा लागिरहने उनले सुनाइन् । ’परिवार र गीत सङ्गीतलाई म्यानेज गरेर निरन्तर अघि बढ्छु, जबसम्म दर्शक श्रोताको माया पाउँछु, तबसम्म यस क्षेत्रमा लागिरहन्छु’, उनको अठोट छ ।
विवाहपश्चात् अपवादबाहेक प्रायजसो नेपाली कलाकारहरू हराउने गरेको र दर्शकबाट पाइरहेको माया कमी हुने गरेको देखिएको छ । यद्यपि वैवाहिक जीवनमा बाँधिएपछि गायिका सुनिताको गायन क्षेत्रको निरन्तरता दर्शक श्रोताहरूको मायामा के कति फरक पर्छ त्यो चाहिँ हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण