एमालेको ११ औँ महाधिवेशन : मन्त्रीदेखि ‘फ्लोर क्रस’ गर्नेसम्म प्रतिनिधि छनोट
सुर्खेत । हिमाली जिल्ला डोल्पाबाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ८ जना प्रतिनिधि छनोट भएका छन् ।शनिबार जिल्ला पार्टी कार्यालयमा भएको बैठकपछि ८ जना सर्वसम्मत तरिकाले निर्वाचित भएका हुन् ।
जसमा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेर बहादुर बुढा, जिल्ला पार्टी अध्यक्ष लंक बहादुर रोकाया, गोपाल विक, चन्द्रा कुमारी बुढा, विश्वचन्द्र डसाल, धावासम्दुक गुरुङ, जिल्ला पार्टी उपसचिव जुनी बुढा र नन्दसिंह बुढा रहेका छन् ।
प्रतिनिधि छनोट भएका नन्दसिंह बुढा कर्णालीको राजनीतिमा एक विवादास्पद पात्र हुन् । गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा उनीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
डोल्पा (क) बाट ०७४ मा ४ हजार ८५९ मत ल्याएर कर्णाली प्रदेश सभा सदस्य निर्वाचित भएका उनी एमालेकै कोटाबाट कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भइसकेका व्यक्ति हुन् ।
नेकपाभित्र भाँडभैलो भएका बेला मन्त्री पद बचाउनकै लागि पार्टीको ह्विप उल्लङ्घन गर्दै ‘फ्लोर क्रस’ गरेर चर्चामा आएका थिए ।
नन्दसिंह सुरुमा एमालेमा ओली समूहकै नेता भनेर चिनिन्थे । तर पछि मन्त्री पदमा रहिरहन ‘फ्लोर क्रस’ गरे । ६ महिनापछि उनको पदावधि सकियो ।
एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका उनी ०७९ को चुनावअघि उनी पुनः एमालेमै फर्किएका थिए ।
उनै नन्दसिंह अहिले पुन: प्रतिनिधि छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण