सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो सम्मान रहेको बताइन्।
- उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई आग्रह गरिन्।
- लैङ्गिक हिंसाविरुद्धको अभियानमा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको प्रस्ट पारेकी छन् ।
उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सवैमा अनुरोध समेत गरेकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको बताएकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’
मङ्सिर ९ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुसलमानहरूको प्रवृत्ति–व्यवहार अन्यायपूर्ण देखिएको बताएकी थिइन् । उनले उक्त समुदायमा जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको बताएकी थिइन् ।
‘पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन्छ भने सुडान इजिप्टमा महिलाहरू डाक्टर भएका पनि छन्, महिलाहरू सम्पत्तिमा बलिया । हिन्दु धर्ममा पनि त्यही भन्छ । पहिले एकदमै आजादी थियो’, प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
उनले धर्मले महिलालाई सताऊ, पीडा देऊ नभनेको बताएकी थिइन् । तर प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति र आशयबारे प्रस्ट पारेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण