चार संस्थान निजीकरण: लगानी व्यवस्थापन मूल्याङ्कनका लागि तीन कम्पनी योग्य
सारांश
- अर्थ मन्त्रालयले चारवटा सार्वजनिक संस्थानको लगानी व्यवस्थापन मूल्याङ्कनका लागि बोलपत्र आह्वान गरेको थियो।
- एसएण्डएस पीजेपीएन जेभीए सबै संस्थानको मूल्यांकनको लागि योग्य देखिएको छ भने अन्यका लागि थप बोलपत्रदाताहरू पनि योग्य देखिएका छन्।
- योग्य आवेदकको आर्थिक प्रस्ताव मंसिर २१ गते खोलिने जनाइएको छ।
काठमाडौँ । चारवटा सार्वजनिक संस्थाको लगानी व्यवस्थापन मूल्याङ्कनका लागि तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य भएका छन् ।
अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको निजीकरण प्रयोजनका लागि संस्थानको मूल्याङ्कन गर्न साउन २० गते आह्वान गरेको बोलपत्रमा आवेदन दिएकामध्ये ती मूल्याङ्कनकर्ताहरू योग्य भएका हुन् ।
मन्त्रालयले नेपाल मेटल कम्पनी लि., नेपाल ओरियन्ट म्याग्नेसाइट प्रा.लि., बुटवल धागो कारखाना लि. र जनकपुर चुरोट कारखाना लि.को निजीकरणको लागि प्रस्ताव आह्वान गरेको थियो । यसमध्ये एसएण्डएस पीजेपीएन जेभीए सबै संस्थानको मूल्यांकनको लागि योग्य देखिएको छ । ओरियन्ट म्याग्नेसाइट र बुटवल धागो कारखानाका लागि सोही कम्पनी एकल रूपमा सफल भएको छ ।
मेटल कम्पनी र जनकपुर चुरोट कारखानाका लागि भने एक एक वटा थप बोलपत्रदाता योग्य देखिएका छन् । मेटल कम्पनीमा जिन एण्ड एसोसिएट्स र जनकपुर चुरोटका लागि एस. सुवेदी एण्ड एसोसिएट्स योग्य देखिएका हुन् ।
यीमध्ये अब योग्य आवेदकको आर्थिक प्रस्ताव आगामी आइतबार (मंसिर २१ गते) खोलिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण