बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘अभिमन्यु’ हिन्दी भाषामा पनि रिलिज हुने

आइतबार, १४ मङ्सिर २०८२, १० : १३
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • चलचित्र 'अभिमन्यु: च्याप्टर-१' मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ।
  • अभिनेता कामेश्वर चौरसिया यस फिल्मबाट मुख्य भूमिकामा डेब्यू गर्दैछन्।
  • यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ, निर्माता विनोद पौडेलले जानकारी दिए।

काठमाडौँ । ‘अभिमन्यु : च्याप्टर–१’ यही मङ्सिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो । फिल्म नेपालीको अलावा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । सबै प्रकारको दर्शकलाई मध्यनजर गर्दै फिल्म हिन्दी र नेपाली दुई भाषामा रिलिज गर्न लागेको निर्माता विनोद पौडेलले बताए । 

फिल्म मार्फत अभिनेता कामेश्वर चौरसिया पहिलो पटक मुख्य भूमिकामा देखिँदै छन् । थिएटर र चलचित्रमा दुई दशक बढी समय बिताएका उनी राम्रो कलाकारको रूपमा गनिँदै आएका छन् । 

कामेश्वरको अलावा फिल्ममा लक्ष्मी बर्देवा, सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतका फिल्ममा मुख्य भूमिका छ । 

सफल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता बिनोद पौडेलको निर्माण रहेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति बनेको हो । सुशान्त गौतमको निर्देशन रहेको फिल्ममा मुकेश खनालको लेखन छ ।

फिल्म निर्माणमा पौडेललाई गुञ्जन गिरीले साथ दिएका छन् । विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसरमा जीवन शाक्य हुन् । शरद महतोको डिओपी रहेको फिल्ममा मदन घिमिरेको सम्पादक छ । फिल्म भारत र विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप